अब राजदूत हुन स्नातक अनिवार्य

काठमाडौं– राजदूत हुनको लागि अनिवार्य स्नातक पास हुुनुपर्ने भएको छ । मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नताक हुनैपर्ने गरी सरकारले निर्दे्शिका पारित गरेको छ । आइतबार पारित भएको निर्दे्शिका अनुसार राजदूत हुन कम्तिमा स्नातक गरेको र अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ ।

यसअघि परराष्ट्र मन्त्रालयका सह–सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट नियुक्ति पाउनेको शैक्षिक योग्यता अनिवार्य गरिएको थिएन ।

तपाईको प्रतिक्रिया