तीन बर्षे एल. एल. वीमा अब ७० प्रतिशत हाजिरी हुनुपर्ने

काठमाडौं– तीन बर्षे एल. एल. वी अध्ययनका लागि अब विद्यार्थीले कम्तीमा पनि ७० प्रतिशत हाजिरी हुनुपर्ने भएको छ । नेपाल ल क्याम्पसले कानूनको शिक्षालाई गुणस्तरीय नियमति बनाउन निश्चित कोटा प्रणाली लागु गरेर परिक्षामा सामेल हुन ७० प्रतिशत कक्षा हाजिरी पुग्नुपर्ने नियम बनाएको नेपाल ल क्याम्पसले जनाएको छ ।

नेपाल क्याम्पसका अनुसार ८ सय जनाको कोटा भित्र पर्ने पहिलो ४ सय विद्यार्थीले विहानी शत्र अन्य ४ सय विद्यार्थीले दिवा सत्रमा पढ्नुपर्ने छ ।

यसअघि हरेक बर्ष नेपाल ल क्याम्पसमा हरेक बर्ष ३/४ हजार विद्यार्थी भन्दा बढि भर्ना हुने तर विद्यार्थी पढ्न नआउने र क्याम्पसको क्षमताले पनि विद्यार्थी थेग्न नसक्ने भएपछि कानूनको पढाईलाई व्यवस्थित गर्न यस्तो नीति लिइएको हो ।

तपाईको प्रतिक्रिया