पार्टी एकता र सरकार निर्माण सँगै हुन्छ : नेता शर्मा

नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले एमाले र माओवादी केन्द्रवीचको एकता छिट्टै हुने विश्वास दिलाउनुभएको छ । शर्माले पार्टी एकता र सरकार निर्माण प्रक्रिया सँगै अघि बढ्ने समेत विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो ,‘पार्टी एकताको लागि काम भैरहेको छ, एकताको लागि समय केही महिना लाग्छ, एक दुई महिना लाग्ला, प्राविधिक रुपमा, संगठनात्मक रुपमा व्यवस्थापन गर्न समय लाग्छ नै, अहिले साझा विधान आउँदैछ, एकताको लागि ठूलो दबाब छ, हामी विचलित हुँदैनौं, समय लाग्छ।’

जनताले मुलुकलाई समृद्ध र स्थायित्वको बाटोमा अघि बढाउनको लागि वाम गठबन्धनलाई बहुमत दिएको शर्माको भनाइ थियो ।

तपाईको प्रतिक्रिया