यो कस्तो चाला ? आयोगमा गाडी हुँदा हुँदै निर्वाचन आयुक्तले किने फेरी १५ करोडका गाडी

काठमाडौं– निर्वाचन आयोगले पाँच जना आयुक्तका लागि भन्दै झण्डै १५ करोड मूल्य बराबरका ५ वटा विलासी गाडी गरिद गरेको छ । आयोगले खरिद गरेका गाडी विहीबार निर्वाचन आयोगको कार्यालय ल्याइएको हो । आयुक्तका लागि भन्दै खर्च भएको यो रकम यदि भूकम्पबाट आफ्नो घर पूर्ण रूपमा क्षति भएकालाई ५० हजारका दरले दिने हो भनेपनि ३ हजार घर परिवारलाई पुग्छ । २०७० सालको संविधानसभाको दोस्रो चुनाव र यसै बर्ष सम्पन्न भएको स्थानीय तहको चुनावमा भारत सरकारले निर्वाचन आयोगलाई विभिन्न किसिमका सुविधायुक्त गाडी सहयोग स्वरूप दिएको थियो ।

चौतर्फी विरोध र आयोगमै सुविधायुक्त गाडी हुँदा हुँदै निर्वाचन आयोगले अन्नत: गाडी खरिद गरेको हो । आयोगले ३ करोड पर्ने टोयटा कम्पनीको ल्याण्ड क्रुजर प्राडो नामक खाडी खरिद गरेको हो । आयोगले गाडी खरिदको विषयलाई गुपचुप प्रयत्न गरिहेको छ । गाडी खरिदका सन्र्दभमा आयोगका सम्बन्धित पदाधिकारी सञ्चारमाध्यमा आफ्नो छबि खराब हुने भन्दै बोल्न समेत मान्दैनन् । निर्वाचन आयोगका प्रवक्ता रहनुभएका नवराज ढकाललाई हामीले गाडी खरिदका विषयमा सोध्दा उहाँले गाडी खरिदको विषय आयोगको खरिद शाखाको भएको यस विषयमा आफूलाई जानकारी आइनसकेको बताउनुभयो । आयोगले निर्वाचन आयुक्तहरूकै दबाबमा विलासी खरिद गरेको हो ।

गाडी खरिदकै विषयमा निर्वाचन आयुक्तहरूसँग कुरा नमिलेपछि आयुक्तहरूकै दबाबमा तत्कालीन सचिव गोपिनाथ मैनालीलाई निर्वाचन आचारसंहिता लागू भएकै बेला आयोगबाट सरूवा गराइएको थियो । निर्वाचन आयुक्तका लागि गाडी खरिद गर्ने विषयको जनस्तरबाट व्यापक विरोध भएको थियो ।

तपाईको प्रतिक्रिया