तेस्रो ठूलो क्यान्सर हस्पिटलको रूपमा दरिदै, नेपाल क्यान्सर हस्पिटल

–बाबुराम तिमिल्सिना
काठमाडौं– सञ्चालनमा आएको छोटो अवधिमा नै नेपाल क्यान्सर हस्पिटल मुलुकै तेस्रो ठूलो क्यान्सर हस्पिटलको रूपमा दरिन सफल भएको छ । उच्च गुणस्तरीय आधुनिक प्रविधि, दक्ष चिकित्सक, भरपर्दो स्वास्थ्य सेवा जस्ता आधारहरूले गर्दा नेपाल क्यान्सर हस्पिटलले स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्न सफल भएको हो ।

नेपाल क्यान्सर हस्पिटलले अहिले भरतपुर क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालकै दाजोमा आफूलाई अभ्याउन सफल भएको जानकारी दिएको छ । सेवा वितरणको हिसाबले भरतपुर र भक्तपुर क्यान्सर हस्पिटल पुराना र ठूला भएपनि क्यान्सर रोगको उपचारका लागि आवश्यक पर्ने यन्त्र उपकरणमा र दक्ष चिकित्सकमा मामिलामा भने नेपाल क्यान्सर हस्पिटल अग्र स्थानमा रहेको छ । लामो समय क्यान्सर रोगको क्षेत्रमा काम गरी विज्ञता हासिल गरेका डाक्टर सुदिप श्रेष्ठको टोलीले दुई बर्षअघि देखि नेपाल क्यान्सर हस्पिटललाई सञ्चालनमा ल्याएको थियो ।

हस्पिटलमा छाला, फोक्सो, रगत लगायतका सबै खाले क्यान्सरको उपचार हुने हस्पिटलका अध्यक्ष समेत रहनुभएका डाक्टर सुदिप श्रेष्ठले जानकारी दिनुभयो । नेपाल क्यान्सर हस्पिटलले स्तन क्यान्सरको समेत विषेश उपचार गर्दै आएको छ । हस्पिटलले हरेक महिना क्यान्सर सम्बन्धी सचेतनाका लागि विभिन्न कार्यक्रमहरू समेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया