महानगरपालिकामा पनि कांग्रेसले मत बढाउँदै, काठमाडौं र ललितपुरमा अगाडि, पोखरामा एमालेलाई भेटाउँदै

काठमाडौं– शुरूवाती र मत गणनाको केही समयसम्म एमालेले लिड गरेका तीन महानगरपालिकामा कांग्रेसले भोट बढाउँदै लगेको छ । दिउँसोसम्म एमाललेका मेयर पदका उम्मेद्वारले लिड गरेको ललितपुरमा पछिल्लो समय नेपाली काँग्रेसका उम्मेद्वार चिरबाबु महर्जनले लिड गर्नुभएको छ ।

पोखरा–लेखनाथ नगरपालिकामा पनि कांग्रेसका मयेर पदका उम्मेद्वारका रामजी कुवँरले एमालेका उम्मेद्वार मानबहादुर जिसीलाई पछ्याउनुभएको हो । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले मेयर पदमा अग्रता लिन थालेको छ । अहिले ललितपुरमा कांग्रेसका मेयर पदका उम्मेद्वार चिरबाबु महर्जनले ३ हजार २ मत ल्याउनुभएको छ भने एमालेका उम्मेद्वार हरिकृष्ण ब्यजनकारले २९ सय ४० मत ल्याउनुभएको छ ।

पोखरा–लेखनाथ महानगरपालिकामा दिउँसोसम्म झण्डै ४ सय मत पछि परेका कांग्रेसका उम्मेद्वारले रामजी कुवँर अहिले एमालेकै हारहारीमा आउनुभएको छ । त्यस्तै, काठमाडौं महानगरपालिकामा कांग्रेसका उम्मेद्वार राजुराज जोसी एमाले उम्मेद्वार विद्यासुन्दर शाक्य भन्दा ५८ मत अघि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया