एसीसी इमर्जिङ नेशन्स कपमा नेपाल पाकिस्थानसँग पराजित

काठमाडौं–एसीसी इमर्जिङ नेशन्स कपमा नेपाल पाकिस्थानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पाकिस्तानले ४६ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । पाकिस्तानको जितमा १ सय ३५ बल खेल्दै ९ चौका प्रहार गरेका इमाम उलहकले १ सय ४ रन बनाएका थिए ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र स्पिनर सन्दिप लामिछानेले समान २ विकेट लिए । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले १४, ज्ञानेन्द्र मल्लले ३ र सागर पुलने ४ रन सुनील धमलाले ४३ र शरद भेषावाकरले ३८ रनको लागि योगदान गरेका थिए । त्यस्तै, बिनोद भण्डारीले २४ रन र आरिफ शेखले १८ रन बनाएका थिए । नेपालले आफ्नो दास्रो खेल भोली पाकिस्थानसँग खल्ने छ ।

तपाईको प्रतिक्रिया