धूलो नियन्त्रण गर्ने मेलम्ची खानेपानीको दाबि

काठमाडौं–मेलम्ची खानेपानी आयोजना निर्देशनालयले उपत्यकामा बढ्दै गईरहेको धुलो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने जनाएको छ । खानेपानी पाईपलाईन बिस्तारका कारण उपत्यकाको हावा प्रदुषण हुादै गईरहेका बेला निर्देशनालयले त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाएको हो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले खानेपानीको पाईप लाईन विस्तारको क्रममा उडेका धुलो नियन्त्रण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहााले मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यका भित्र्याउने क्रममा पाईप लाईनको विस्तारको काम भईरहेको र त्यसबाट हुने प्रदुषण कम गर्न पाईप लाईन विस्तारको कामलाई रातको समयमा गर्ने व्यवस्था मिलाइएको पनि स्पष्ट पार्नु भयो ।

निर्देशनालयले निर्माण कार्य गर्दा सडक अवरुद्ध नहुने व्यवस्था मिलाइएको पनि जनाएको छ । निर्देशक खत्रीले पाईन लाईन विस्तारको क्रममा माटोका कणहरु हावामा फैल्न नदिन निर्माण स्थलमा हरियो नेटले घेराबन्दी गर्न थालिएको पनि जानकारी दिनु भयो ।

उहाले खन्ने क्रममा निस्कने माटोको संंकलन हरियो नेट भित्रै गर्न पनि सरोकारवाला निकायलाई निर्देशन दिनु भयो ।

तपाईको प्रतिक्रिया