विमानस्थलको हाताभित्र टाँगिएका होडिङबोर्ड अवैध

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा टाँगिएका होडिङबोर्ड अवैध भएको पाइएको छ । विमानस्थल सौन्दर्यता कुरुप बनाउँदै सिमित व्यक्तिको हालिमुहालीमा यस्ता यस्ता होडिङबोर्ड सरकारी अनुमति विनै टाङ्गिएका हुन् ।

काठमाडौं महानगरपालिका भित्रका होर्डिङ बोर्डको व्यवस्थापन गर्ने जिम्मा पाएको काठमाडौं महानगरपालिकाले यि होर्डिङबोर्ड हटाउन नागरिक उड्ययन प्राधिकरणलाई बारम्बार ताकेता गरेको छ ।

यता सर्वोच्च अदालतले पनि बोर्ड नराख्न आदेश दिइसकेको छ । तर, महानगरको ताकेता र सर्वोच्चको आदेश अझैपनि कार्यान्वयन भएको छैन । नागरिक उड्ययन प्राधिकरणको आडमा ललितपुरस्थित ग्रिनतारा मिडिया एन्ड मार्केटिङले यि होर्डिङबोर्डहरु राखेको हो । प्राधिकरण र ग्रिनताराबीच होर्डिङबोर्ड राख्नेबारे २०६६ भदौ १ गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार उसले २०६८ असोज २ गतेदेखि ६ महिनाभित्र सिभिल एभिएसन एकेडेमीदेखि गोल्डेन गेटसम्म ७५ थान, गोल्डेन गेटदेखि अपरेसन विल्डिङसम्म २५ र इन्टरनेसनल टर्मिनल बिल्डिङदेखि डोमेस्टिक टर्मिनल बिल्डिङसम्म २५ वटा होर्डिङ बोर्ड राख्ने अनुमति पाएको थियो । तर, महानगरपालिकाले भने यि होर्डिङबोर्ड राख्न अनुमति दिएको छैन ।

तपाईको प्रतिक्रिया