भारतले नाप्ने भयो सगरमाथाको उचाई, के नेपाल आफैले सक्दैन ?

काठमाडौं – भूकम्पपछि सगरमाथाको उचाइ फेरबदल भएको हुन सक्ने आशंकामा सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ पुन: मापन गर्ने संकेत गरेको छ । भूकम्प गएको दुई बर्षपछि सगरमाथाको उचाइ पुन नाप्न प्रस्ताव भारतले अघि सारेको हो ।
भारतको हैदरावाद भएको अन्र्तराष्ट्रिउ सम्मेलनमा गत वर्षको भूकम्पपछि सगरमाथा उचाइको विषयमा विश्वमै कौतुहलता छाएको भन्दै सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ नाप्ने भएको हो । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पको कारण सगरमाथाको उचाइमा केही फेरबदल आएको हुन सक्ने आंशका गरिदै आइएको छ । तर नेपाल सरकार आफैले भने सगरमाथाको उचाइ नाप्ने विषयमा कुनै तत्परता र चासो देखाएको छैन । आफ्नै भूमिमा रहेको सगरमाथा उचाइ भारतले नाप्ने पहल गर्दा समेत नेपाल आफैले सगरमाथाको उचाई नाप्न अघि नबढ्नु द्खद भएको भएको कतिपयको बुझाई छ । सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ नाप्ने भनेपनि अहिलेसम्म यस विषयमा सरकारलाई औपचारिक प्रस्ताव भने आइसकेको छैन । हालसम्म सगरमाथाको ८ हजार ८ सय ४८ मिटरको उचाईलाई आधिकारिक मानिदै आइएको छ ।

तपाईको प्रतिक्रिया