एनसेल पर्‍यो फन्दामा, सरकारलाई कर नतिरे सुविधा बढाउन नपाउने

काठमाडौं– टेलिकम सेवा प्रदायक संस्था एनसेलले पूाजीगत लाभांश कर नतिरेसम्म फोरजीलगायत अन्य सेवा सुविधा बढाउन नपाउने भएको छ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेलले पूाजीगत लाभांश कर नतिरेसम्म फोरजीलगायत अन्य सेवा सुविधा थप्न नदिन सरकारलाई निर्देशन दिएपछि एनसेल सरकारी फन्दामा परेको हो ।

लेखा समितिको समितिको मङ्गलबार बसेको बैठकले यसअघिको निर्देशन अनुसार पूाजीगत लाभकर असुल नभएसम्म एनसेललाई फोरजीलगायत अन्य सुविधा थप गर्ने अनुमति नदिन सूचना तथा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया