छोटो समयमैं सर्वाधिक चर्चा बटुल्न सफल मोडल रवि सिंह

काठमाडौं–रवि सिंह, पछिल्लो समय निकै चर्चामा रहेका मोडल हुन् । आफ्नो मोडलिङ यात्राको छोटो समयमै उनी सर्वाधिक चर्चामा छन् । रविको सानैदेखि मोडलिङ क्षेत्रमा लाग्ने ठूलो रहर भएपनि उनले आफ्नो त्यो इच्छालाई गत बर्षदेखि मात्र मूर्त रूप दिन सके । पछिल्लो समय उनले अभिनय गरेका दुई गीत हुन् आचानोमा राखेर र तिम्रो पाउजु  यी दुई गीत श्रोता र दर्शकमा निकै लोकप्रिय छन् । बजारमा जति गीतको चर्चा भएको छ, त्यति नै चर्चा छ रविको मोडलिङको पनि । त्यसमाथि पनि मोडल रविको अभियनलाई दर्शकले खुबै रूचाएका छन् । मोडल रवि भन्छन्, ‘दर्शकबाट मैले यति धरै साथ माया र हौसला पाउँछु भन्ने सोचेको पनि थिइन, दर्शको प्रतिक्रियाबाट म निकै उत्साहित भएको छु’ ।

रविले मोडलिङ गरेको आचोनमा राखेर भन्ने गीत सुरेश गुरूङको स्वरमा रहेको छ भने गीतको म्यूजिक भिडियोलाई निर्देशक ढिका घिसिङले निर्देशन गर्नुभएको हो । यो म्यूजिक भिडियोमा रविलाई साथ दिएकी छन्् मोडल रोहीनी लामाले । त्यस्तै, तिम्रो पाउजु बोलको गीत प्रेम सेनले गाउनुभएको हो भने निकेश खड्काको निर्देशनमा रहेको यो गीतको म्यूजिक भिडियोमा रविलाई बर्षा राउतको साथ छ । कतिपय मोडलहरू आफ्नो रहर पुरा गर्न मात्र म्यूजिक भिडियोमा खेल्ने गर्दछन् र उनीहरूको चर्चा खासै भएको पाइदैन । तर रविले भन्ने यो मामिलामा अच्चमैको फड्को मारेका छन् ।

उनी शुरूवातमै दर्शको मन जित्न सफल भएका हुन् । दर्शकले उनको मोडलिङ शैलीलाई निकै मन पराए जसले गर्दा उनी एका एक चर्चामा आउन सफल भए । विक्रम संम्बत २०४४ साल भदौ ३१ गते बाबु रामजी सिंह र आमा मेनुका सिंहको कोखबाट काठमाडौंमा जन्मनुभएका सिंह सानैदेखि विभिन्न स्टेज कार्यक्रममा नृत्यका लागि भाग लिने गर्नुहुन्थ्यो । तपाई कसरी मोडलिङ क्षेत्रमा तानिनुभयो भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ ‘मलाई सानैदेखि नै मोडलिङ लाग्ने छुट्टै प्रकारको रहर थियो, अरूको म्यूजिक भिडियो देख्दा मलाई पनि त्यसरी नै म्यूजिक भिडियो खेल्न पाए हुन्थ्यो भन्ने रहर जाग्थ्यो, यि र मेरा यस्तै रहरको कारणले गर्दा म यस क्षेत्रमा आर्कषित भएको हुँ । रवि मोडलिङ क्षेत्रमा सक्रिय भएको २ बर्ष पूरा भएको छ ।

करिअरको शुरूमै यतिका चर्चा बटुल्नु भयो अब आगमी दिनमा कसरी अघि बढ्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा सिंह भन्नुहुन्छ ‘हेर्नुहोस जे कुरामा लगनशीलताका साथ लाग्यो भने सफल भइन्छ, यो क्षेत्रमा मेरो छुट्टै लगनशीलता र मेहनत परेको छ, त्यही लगनशीलता र मेहनतको कारण मैले यो क्षेत्रमा हात हालेको केही समयमै सफल भइकन अन्य म्यूजिक भिडियोको अफरलाई पनि स्वीकार गरी केहीमा हस्ताक्षर गरिसकेको छु, अब म मोडलिङ क्षेत्रमा नै बाँकी समय विताउँछु ।

मोडलिङ बाहेक मोवाइल सेल्सको विज्ञ रहनुभएका  सिहंलाई वर्तमान समयमा नेपालको मोडलिङ क्षेत्रलाई कसरी हेर्नुभएको छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ ‘अहिलेको बजार हेर्ने भने त्यति चित्तबुदो छैन, म्यूजिक भिडियो बनाउने शैली त धरै सुधारिएको छ तर अझै पनि दर्शकले भनेजस्तो र मागेजस्ता म्यूजिक भिडियो बन्न नसकेका हुन की भन्ने मलाई लाग्छ, तर पहिला भन्दा धरै सुधारिएको भने चाहिँ पक्का हो, अनि अर्को कुरा यो क्षेत्र त्यति व्यवससायिक बनेर फस्टाउन सकिरहेको छैन, त्यसैले यो क्षेत्रको व्यवसायिकतामा पनि ध्यान दिनुपर्छ’ । रविका फ्यानहरूले अरू पनि म्यूजिक भुडियो अभियन गर्न अनुरोध गरिरहेको उनको भनाइ  छ । छोटो समयमै सर्वाधिर्चा बटुल्न सफल रवि सिंहलाई हाम्रो थप प्रगतिको शुभकामना छ ।

तपाईको प्रतिक्रिया