कपिलबस्तुमा गोली चल्दा २ प्रहरी घाइते

कपिलवस्तु–कपिलवस्तुको कृष्णनगर भंसार नाका नजिकैको लक्ष्मीनगर नाकामा अपरचित व्यक्तिले चलाएको गोलीबाट २ जना प्रहरी घाइते भएका छन् । भंसार क्षेत्र नजिकको दशगजा क्षेत्रमा चलेको गोली प्रहारबाट इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दारहरु कर्ण बहादुर पुन र मोहन श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा एयरगनको गोली जस्तो देखिने छर्राहरु भेटिएको र एयरगनको गोलीबाट प्रहरी हवल्दारहरुको घाइते भएको प्रहरीले अनुमान गरेको प्रहरी उपरीक्षक भोजजंग शाहीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया