संविधान संसोधन प्रस्ताव पारित हुन दिनौं : केपी ओली

बाग्लुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकारले ल्याएको संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने बताउनुभयो । नेकपा एमाले बागलुङको ८ औं जिल्ला अधिवेसनको शनिवार सदरमुकाममा उदघाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले आफु खुसि ल्याएको संविधान संशोधन प्रस्ताव संसदमा छलफल र पास गर्न नदिने बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले सरकार निर्वाचनमा जानुपर्ने समयमा संविधान संसाधोनमा गएर अल्मलिएको बताउनुभयो । अहिलेको सरकार बिदेशीको इसारामा बनेको सरकार हो,ओलीले भन्नुभयो, यो देशमा नराम्रो काम गरे सरकारमा टिक्ने र राम्रो काम गरे नटिन्ने अवस्था भएकोले आफुलाई सरकारबाट हटाइएको हो ।

अहिलेको सरकार बिचित्रको भएको ओलीको भनाइ छ । राष्ट्रियताको पक्षमा एमाले सहित अन्य नौ पार्टी मिलेर राजधानीमा २२ गते बिरोध सभा गर्न लागिएको उहाले बताउनुभयो । हिन्दु,मधेशी र जनजाती बिरोधी पार्टी नेकपा एमाले नभएको भएपनि अन्य पार्टीले भ्रम फैलाईरहेको ओलीले बताउनुभयो ।

अहिलेका प्रधानमन्त्री प्रचण्डले यो बिचमा जथाभावी बोल्न थाल्नुभएको छ,ओलीले भन्नुभयो, पहिला के के गर्दै हिडेका व्यक्तिले अहिले जथाभावी बोल्नु तर केही पनि होइन । ओली नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनको अवलोन गर्नको लागि हेलिकप्टरबाट पुग्नुभएको थियो । उहाले नेपालको पर्यटकीय सम्भावन बोकेका बागलुङको ढोरपाटन र पञ्चकोटलाई विकास गर्नुपर्ने बताउनुभयो । उहाँले नेकपा एमाले भित्र उठ र उपगुठको अन्त्य भएकोले,जिल्लामा नेतृत्व गर्नेहरुले स्वच्छ प्रतिस्पर्धाको आधारमा अगाडि बढन सुझाव दिनुभयो । ८ औं जिल्ला अधिवेसनले नयाँ नेतृत्व चयन गर्दै छ ।

अध्यक्ष पदको लागि वर्तमान उपाध्यक्ष तथा सांसद नरबहादुर पुन, युवा संघमा समेत प्रत्यासी भैसकेका इन्द्रलाल सापकोटा र हिराबहादुर केसीको उम्मेदवारी दिने तयारी गरेका छन । जिल्लाभरबाट ५ सय ७६ प्रतिनिधि अधिबेशनमा सहभागी जनाएका छन । यो अधिवेसनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव सहित बढीमा ६३ सदस्य जिल्ला समिति चयन गर्नेछ ।

तपाईको प्रतिक्रिया