कांग्रेस नेताहरूलाई भोट माग्दैमा भ्याई नभ्याई

फाुगन २२ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन चलिरहँदा पदाधिकारी तथा केन्द्रीय समितिका उम्मेद्वारहरू भोट माग्दैमा व्यस्त छन् । उनीहरूले आफ्नो क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधि र कार्यकर्तालाई आफ्नो पक्षमा चुनावी माहोल सृजना गर्न पनि कसरत गरिरहेका छन् । महाधिवेशन भइरहेको स्थल काठमाडौंको भृकुटी मण्डप अहिले कांग्रेसका पधाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेद्वारका ब्यानर र पोष्टरहरूले रङग्यिएको छ । यति मात्र नभई काठमाडौंका विभिन्न होटलमा बसेका महाधिवेशन प्रधिनिधिहरूलाई भेटेर भोट माग्न कांग्रेस नेता होटल होटलमा पनि पुगेका छन् ।

तपाईको प्रतिक्रिया