आखिर को हुन् १८ घण्टा लोडसेडिङ गरेर देश लुट्ने ?

यतिबेला एउटा असल नायक कुलमान घिसिङले काठमाडौं उपत्यकामा हुँदै आएको घन्टौ सम्मको लोडसेडिङ पुरै घटाएर सधैका लागि लोडसेडिङ हटाउने लक्ष्य लिनुभएको छ । विगत एक महिना भन्दा बढि समयदेखि काठमाडौं उपत्यकामा लोडसेडिङ पनि भएको छैन ।bidhut-pradikaran

गत बर्षहरूमा यो समयमा काठमाडौमां दैनिक १६ देखि १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएदेखि उहाँले विद्युतको सबै चाप नियन्त्रण गरी अनियन्त्रित तरिकाले वितरण गरिदै आइएको विद्युत कटौती गरेर अहिले काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउन सफल हुनुभएको छ ।

उसो भए विगत यतिका बर्षसम्म दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेर विद्युतमा भ्रष्टचार गर्ने को ह्न् ? किन यसअघिका नेतृत्वले यहि क्षमताको विद्युतमा १८ घण्टासम्म लोडसेडिङ गर्न पुगे ? यस पछाडि के रहस्य छ ? अहिले आम जनमानसले जान्न चाहेको प्रश्न पनि यहि हो । आखिर को हुन् त ति भ्रष्टहरू जस्ले जनतालाई अध्यारोमा राखेर आफू उज्यालोमा बस्ने ? अब यसको निष्पक्ष छानविन गरेर सरकारले जनतालाई जवाफ दिनै पर्छ ।

तपाईको प्रतिक्रिया