के हुन्छ अब असन्तुष्ट मधेशी दलको अबको बाटो ?

संविधानमा असन्तुष्टि जनाउँदै आएका मधेशवादी दलहरूले अब पनि संविधान संशोधनको प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतवानी दिइरहेका छन् । वर्तमान सरकार गठनका बेला भएको एक महिना भित्र संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने सम्झौता अघि नबढेको भन्दै मधेशवादी दलका नेताthree-madhesi-leader रूष्ट बनेका हुन् ।

संविधान संशोधनको माग गरिरहेका असन्तुष्ट मधेशीवादी दलहरूले संविधान संशोधनको प्रक्रिया अघि नबढे आन्दोलनमा उत्रिने चेतावनी दिइरहेका छन् । वर्तमान सत्ताधारी दलसँग सरकार गठनको एक महिना भित्र संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने सम्झौता कार्यान्वयमा सरकारले चासो नदेखाएको भन्दै मधेशी नेताले असन्तुष्टी व्यक्त गरेका छन् । सरकार गठन भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र त्यसपछि प्रमुख ठूला पर्व दशैं र तिहार परेकाले पर्ख र हेरको नीतिमा रहेको बताउँदै आएका असन्तुष्ट मधेशी मोर्चाका नेताहरूले अब पनि माग सम्बोधनमा सरकारले आनाकानी गरे आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

सत्ताधारी दलसँग भएको तीन बुँदे सम्झौता मध्ये पहिलो र प्रमुख बुँदा कार्यान्वयनमै सरकारले गम्भीरता नदेखाएको मधेशी मोर्चामा सहभागी दलका नेताहरूको भनाइ छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्तिक भित्र सम्म माग सम्बोधन गर्न गृहकार्यका लागि समय मागेकाले यो महिना पर्ख र हेर नीतिमा रहेको मधेशी नेताहरूले बताएका छन् । तर सरकारले आफ्नो पर्खालाई गलत व्याख्या गरेर संविधान संशोधनको प्रक्रिया अगाडि नबढाए एक साता भित्रै आन्दोलनको तयारी थाल्ने बताइरहेका छन् ।

मधेशी नेताहरूले संविधान संशोधन भएर सबैका लागि सर्वमान्य नभएसम्म स्थानीय निकायको चुनाव र संविधान कार्यान्वयन हुन नसक्ने दाबि गरिरहेका छन् । तर संविधान निर्माणमा मुख्य भुमिका खेलेका दलहरु एक ठाउँमा उभिएर निकास केन्द्रित बन्न सकेका छैनन । यसले संविधानको कार्यान्वयनमा समस्या पैदा गर्ने संकेत दिएको छ ।

तपाईको प्रतिक्रिया