पर्यटन व्यवसायमा प्रतिष्प्रर्धा बढ्दो छ : बस्ताकोटी

पोखरा । नेपालकै सुन्दर नगरी । सायद पोखराको नाम नसुनेका र पोखरा नगएका नेपाली कमै होलान् । शिरमा देखिने हिमाल र त्यसको फेदमा देखिने फेवातालले पोखराको सौन्दर्यलाई झल्काउँछन् । अझ, पोखराको लेकसाइड त पर्यटकको लागि एउटा सुन्दर गाउँ नै हो । पोखरा राम्रो मात्रै छैन्, पोखरामा सौन्दर्यसँगै रमाउन आउने पर्यटकले पनि पोखराको महत्व अझ बढाएको छ । पोखराका कति मानिसहरूले त पर्यटकलाई आधार मानेर व्यवसाय चलाएका छन् । जसबाट उनीहरूले आफ्नो जिविका मात्र चलाएका छैनन्, धरैले रोजगारी पनि पाएका छन् । त्यसो भए कस्तो छ त पोखरामा पर्यटन व्यवसाय ? नेपाल परिक्रमा संवाददाताले पर्यटन व्यवसायी हरि बस्ताकोटीसँग गरेको कुराकानी :

पर्यटन व्यवसायमा कसरी प्रवेश गर्नुभयो ?
गोरखाको गाउँमा जन्मियो । स्कुल गाउँमै पढियो र एसएलसीपछि केही गर्नुपर्छ भन्ने लाग्यो । हुनत मरो किशोरा अवस्था छदाँदेखिको सोच नै पर्यटन व्यवसाय गर्छु भन्ने थियो । शुरूमा म नेपाल आउने पर्यटक गाइड बनेर यस क्षेत्रमा प्रवेश गरेको हुँ । पछि विस्तारै गाइडबाट रेष्टुरेन्ट र होटल व्यवसायमा आए । मैले पहिला चितवनको सौराहामा पर्यटकलाई लक्षित गरेर रेष्टुरेन्ट चलाए । पोखरामा भने मैले २०५८ सालबाट पर्यटन व्यापार भनौ या रेष्टुरेन्ट व्यवसाय शुरू गरेको हुँ जुन आजसम्म पनि निरनतर चलिरहेको छ ।

पोखारामा पर्यटन व्यवसायको भविष्य कस्तो देख्नु भएको छ ?

सबैलाई थाहा भएकै कुरा हो पोखरा नेपालकै सुन्दर नगरी र पर्यटकको पहिलो रोजाइमा पर्ने गन्तब्य पनि हो । पोखरामा पनि पर्यटन व्यवसाय चलेन भने अन्त कहाँ चल्ला र ? अझ भनौ, पोखरा नेपाल आउने पर्यटकको प्रमुख केन्द्र पनि हो । हुन त अहिले पनि पोखरामा पर्यटन व्यवसाय राम्रै छ । तर पहिला र अहिले तुलना गर्दा अहिले एक सफल पर्यटन व्यवसायी बन्न कडा प्रतिष्प्रधा गर्नुपर्ने अवस्था छ । पर्यटन व्यवसायलाई व्यवस्थित गर्न सक्ने हो भने निश्चित: पोखरामा पर्यटन व्यवसायको भविष्य राम्रो छ ।

पोखरामा अरु व्यवसाय भन्दा पर्यटन व्यवसाय राम्रो र नाफा कमाउन सकिने खालको छ भन्छन् नी ?
पक्कैपनि व्यवसायलाई राम्रोसँग सञ्चालन गर्न सक्यो नाफा त भै हाल्छ नी । तर त्यसमा कडा मेहनतको आवश्यकता पर्छ । पर्यटन व्यवसाय पनि त्यतिकै संवेदनशील छ । एक दिन नेपाल वन्द भयो भने एक महिनाको लागि असर गर्छ । अरू व्यवसायमा भन्दा पर्यटन व्यवसायमा बढी जोखिम पनि छ । अरु व्यवसाय एक दिन बन्द भए भोलिपल्ट चल्छन् तर पर्यटन भनेको पर्यटक आए मात्रै चल्ने व्यवसाय हो । हामीसँग विकाउ गर्ने चीज भएर मात्रै पनि हुदैन यो व्यवसायमा ।

तपाईंको रेष्टुरेन्ट व्यवसाय कस्तो छ अहिले ?

मुख्य कुरा त सेवा सुविधा हो । मैले १ दशक भन्दा बढि होटल रेष्टुरेन्ट चलाए । यो अवधिबाट मैले सिकेको र व्यवसायमा ख्याल गर्नुपर्ने कुरा गर्नु पर्ने कुरा भनेको सेवा, सुविधा र आगन्तुकलाई गर्ने व्यवहार हो । सेवा सुविधामा नयाँपन र मिठो व्यहार गर्न सके मात्र व्यवसाय राम्रो हुन्छ । म मरो व्यवसायप्रति खुसी छु ।
hari Interview
जसले जे भनेपनि पोखराको सौन्र्दय भनेको हिमाल र फेवाताल नै हो । हामीले आम्दानी गर्ने भनेको पनि यीनै कुराहरू देखाएर हो । तर पछिल्लो समय हामीले यी गहनाहरूको संरक्षमा ध्यान दिन सकेका छैनौं । म फेवाताल र वरपरको प्रकृतिको संरक्षण कसरी गर्न सकिन्छ भनेर चिन्तित छु । पछिल्लो समय जसरी तालमा ढल मिसाउने र अतिक्रमण गर्ने काम भइरहेको छ यो अति नै खेदपूर्ण छ । पोखरामा पर्यटनसँग सम्बद्ध जति संघ सस्था छन्, ती सबैले फेवाताल सहित पोखराका पर्यटकीय ठाउँहरूको संरक्षण गर्नुपर्छ । धन्यवाद,

तपाईको प्रतिक्रिया