नेपाली चलचित्र क्षेत्र बुढो शिशुको अवस्थामा छ : निर्माता राई

नेपाली चलचित्र क्षेत्र अहिले त्यस्तो अवस्थामा छ, जुन अवस्थाबाट चलचित्र क्षेत्रलाई उद्योगकै रूपमा उकास्न ठूलै जोडबल गर्नुपर्ने देखिन्छ । नेपालमा बर्षेनी सयौ चलचित्र निर्माण हुने गरेका छन् ति मध्ये अधिकांशले घाटाको व्यापार खेपेका छन् भने केही फिल्मले बल्ल तल्ल लगानी उठाउने गरेका छन् । बर्षमा २ देखि ५ वटा फिल्मले मात्र व्यवासायिक सफलता हात पार्ने गरेका छन् । झ्ट हेर्दा नेपाली फिल्म बजारमा बौद्धिक, व्यवसायिक व्यक्तिहरूको खडेरी नै परेको होकी भन्ने पनि भान परेको छ । कति त आफ्नो शोख पूरा गर्न मात्रै भएपनि निर्माता, निर्देशक, नायक, सम्पादक पनि आफै बन्ने गरेका छन् । थारै लगानी, अनुसन्धान विनाको प्रस्तुती र दर्शकको रूची भन्दा बाहिरका प्रस्तुतीले कति फिल्म त हलमा आजको भोली वाई वाई हुने गरेका छन् । फिल्म निर्माणका प्रर्याप्त विषयबस्तु भएपनि त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कौशल नहुँदा फिल्म बन्नका लागि मात्र बनेका हुन की भन्ने भान पनि हुन्छ । नजिकैको छिमेकी देश भारतले विश्व बजारमै आफ्नो स्थान कायम गरिसक्दा नेपालको चलचित्र क्षेत्र भने बृद्ध शिशुकै रूपमा रहेको छ । यिनै विविध सन्दभमा रहेर नेपाल परिक्रमा सम्वादाताले विगत लामो समयदेखि टेलिफिल्म, वृत्तचित्र र चलचित्रमा निर्माताको भूमिका निर्वाह गर्नुभएका ज्योतिराज राई गरेको कुराकानी :
– अहिलेको नेपाली फिल्म क्षेत्रलाई कसरी नियाल्नु भएको छ ?
अहिलेको नेपाली चलचित्र क्षेत्रलाई मैले दुई किसिमले हरेको छु । छैन भनौ भने सबै कुरा छ खाज्यो भने केही भेटिदैन । नेपालमा बर्षेनी सयौ फिल्म बन्छन्, तिनमा विषयबस्तु, निर्देशक, निर्माता कलाकार सबै हुन्छन्, यी सबैले देखेका कुरा हुन् तर फिल्ममा गुणस्तर र दर्शकको रूची खाज्यो भने खासै भेटिदैन । लगानी छ, प्रतिफल छैन । कलाकारिता छ तर कलाकारिताको मर्म भावना कम छ । निर्देशक निर्माता छन् तर प्रस्तुति दमदार छैन । अझै भने हो भने नेपाली चलचित्र क्षेत्र बुढो शिशुको अवस्थामा छ । उमेर धरै भएको तर बानी बेहोरा बच्चा जस्तै गरी अहिलेको नेपाली चलचित्र क्षेत्र गुज्रेको छ ।

फिल्म क्षेत्रमा हुँदै आएको लगानी र त्यसले दिएको प्रतिफल कसरी हेर्नुभएको छ ?
अहिलेको अवस्थामा भन्नुJyoti Raj Rai sirपर्दा त फिल्म क्षेत्रको लगानी जुवाको खेल हो । उठ्न पनि सक्छ नउठ्न पनि सक्छ । औँजुलीमा पानी लिएर कुदे जस्तै छ धरै फिल्मलाई । जुन चुहिएर सकिन्छ आकाशबाट बर्षेर थपिएला भन्ने त नसोचेनी हुन्छ । जसले दर्शको रूचीलाई ध्यानमा राखेर त्यही अनुसारको फिल्म बनाउँछन् उनीहरूले राम्रो प्रतिफल पनि पाएका छन् ।

फिल्म क्षेत्रको भविष्यलाई कसरी हेर्नुभएको छ ?
मरो नजरमा नेपाली फिल्म क्षेत्रको भविष्य अथाहा छ । यति धरै विषयबस्तु, फरक फरक सामाजिक परिवेश भएको देशमा दर्शकको चहानालाई बुझेर फिल्म निर्माण गर्ने भने फिल्म हलमा दर्शको आइरो लाग्छ । विषयबस्तुलाई राम्रोसँग पस्कन सक्ने हो र लेखनदेखि छायाङ्कन सम्मका कुरामा ध्यान दिने हो भने चलचित्रले धरै राम्रो गर्न सक्छन् । अहिले फिल्मको संख्या बढि अध्ययन अनुसन्धान कम र देशको राजनीतिक अवस्थाले गर्दा पनि चलचित्र क्षेत्र माथि उठ्न सकेको छैन ।

फिल्म क्षेत्रलाई सुर्धान के गर्नुपर्‍र्ला ?
सरकारले राम्रो नीति बनाएर कार्यान्वयन गर्नुपर्‍यो । एउटा मापदण्ड बनाइओस् त्यसले फिल्म क्षेत्रको विकासलाई टेवा पुर्‍याउन सकोस् । बरू थोरै फिल्म बनुन गुणस्तरीय गतिला विषयबस्तु बोकेका फिल्म बनुन् जसले दर्शको मन जित्न सकोस् । अनि कसैले पनि फिल्म क्षेत्रलाई रहर पूरा गर्ने थलो मात्र पनि बनाउनुहुदैन । निर्माताले व्यवसायिक हिसाबले पनि सोच्नुपर्‍यो । पछिल्लो समय राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएर आइसकेपछि केही सुधारका कामहरू पनि भइरहेका छन्, यस्ता राम्रा किसिमका कुरालाई सबैले साथ पनि दिनुपर्‍यो ।

अन्त्यमा नेपाल परिक्रमा मार्फत के भन्न चाहनुहुन्छ ?
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा विकृतिहरू पनि भित्रि रहेका छन्, यस्ता किसिमका विकृतिहरूको तत्कालै अन्त्य हुनुपर्छ । अनि नेपाली कलाकारिता पनि व्यवसायिक बन्न सकिरहेको छैन । यसले गर्दा राम्रा कलाकार पलायन हुनुपर्ने अवस्था छ । त्यसैले चलचित्र क्षेत्रलाई व्यवसायिक बनाउन सबै लाग्नुपर्ने देखिन्छ । हामी नेपाली दर्शकले पनि विदेशी चलचित्र भन्दा पनि आफ्नै चलचित्र हेनुपर्छ र निर्माताहरूले दर्शक खोजेको कुरा दिन सक्नुपर्दछ तब मात्र नेपाली चलचित्र क्षेत्रको विकास सम्भव छ ।

तपाईको प्रतिक्रिया