इटलीमा भुइँचालो, ३८ को मृत्यु

इटालीको दक्षिण पश्चिम पेरुगिया नजिकैको नोर्सियालाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परि ३८ जनाको ज्यान गएको छ । भुकम्पका कारण इटालीका लेजियो, अकुमाली, प्रेस्कारा डेल टोरन्टो लगायतका स्थानमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन ।

A man is rescued alive from the ruins following an earthquake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli     TPX IMAGES OF THE DAY      - RTX2MSE4
भूकम्पग्रस्त शहरहरुका आधा भाग पूर्ण रुपमा ध्वस्त भएकाले धेरैको ज्यान गएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन । राजधानी रोममा २० सेकेण्डसम्म भवनहरु हल्लिएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

पहिलो भुकम्प गएको आधा घण्टामै पराकम्प गएको थियो । घटनाबारे थप विवरण आउने क्रम जारी छ । यसअघि सन् २००९ मा ६ दशमलव ३ रेक्टर स्केलको भुकम्प जाँदा ३ सय ९ को मृत्यु भएको थियो । त्यसैगरि बर्मामा पनि ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको छ । भुकम्पको धक्का काठमाण्डौसम्म महशुश गरिएको थियो ।

तपाईको प्रतिक्रिया