जनताले राहत महशुस गर्ने काम गर्दै छौ : प्रधानमन्त्री दाहाल

काठमाडौं–भदौं ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार तत्काल जनताले राहत महसुस गर्ने गरी काम गर्ने गृहकार्यमा लागिरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा बुधवार प्रधानमन्त्रीलाई शुभकामना तथा बधाई ज्ञापन गर्न आएका विभिन्न सामाजीक संघसंस्था तथा व्यापारिक संघसंस्थासंग अध्यक्ष दाहालले जनताको जिवनस्तरमा तत्काल राहतPrachanda_jpg हुने गरी काम गर्ने गृहकार्यमा लागिरहेको बताउनुभएको हो ।

उहाँले सरकारप्रति जनताको अपेक्षा नै वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचन र पुर्ननिर्माण जस्ता राष्ट्रिय कार्यभार पुरा गर्न दलहरुबीचको सहमति आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया