जनकपुर लोडसेडिङ मुक्त नगर

धनुषा–भदौ १ । जनकपुर नगरक्षेत्र मंगलबारबाट लोडसेडिङ मुक्त भएको छ । साविककै नगरपालिकालाई आधार बनाएर विद्युत् आपूर्ति गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Janaki-Mahal-in-Nightप्राधिकरणले यसअघि आफ्नो स्थापना दिवसको अवसर पारेर भदौं १ गतेबाट धनुषा र महोत्तरीलाई लोडसेडिङ मुक्त गर्ने घोषणा गरेपनि बुधबारबाट जनकपुर नगरक्षेत्र मात्रै लोडसेडिङमुक्त गरिएको प्राधिकरणका जनकपुर वितरण केन्द्र प्रमुख जितेन्द्र झाले जनाउनुभयो । लोडसेडिङ मुक्त गर्न आवश्यक क्षमताको विद्युत् प्रसारण ट्रान्सफर्मरको अभाव रहेकाले समग्र जिल्ला लोडसेडिङ मुक्त हुन नसकेको प्राधिकरणले जनाएको छ ।

धनुषामा मात्रै ४० मेगावाट विद्युत् खपत हुन्छ । ढल्केवर प्रसारण केन्द्रमा लोड लिने ट्रान्सफर्मरको क्षमता ४० मेगावाटभन्दा कम रहेको वितरण प्रमुख झाले बताउनुभयो । दुई महिनाभित्र ६३ एमबीको ट्रान्सफर्मर जडान गरेपछि समग्र जिल्लालाई लोडसेडिङ मुक्त गर्ने प्राधिकरणको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया