सरकारले प्रभावकारी काम गर्न सक्दैन : बाबुराम भट्राई

तनहुँ– साउन ३२ । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले म्याद तोकेर बनेको सरकारले प्रभावकारी काम गर्न नसक्ने दाबी गर्नुभएको छ । तनहुँको दमौलीमा baburam-bhattarai नेपाल मिडिया सोसाइटीले गरेको पत्रकार भेटघाटमा संयोजक भट्टराईले राजनीतिक स्थिरता कायम नभएसम्म जो सुकैले नेतृत्व गरेपनि कुनै फरक नपर्ने बताउनुभएको हो । उहाँले मुलुकको विकासका लागि राजनीति स्थिरता आवश्यक रहेको भन्दै अहिलेको म्यादी सरकारले पनि प्रभावकारी काम गर्न नसक्ने दाबी गर्नुभयो ।

संयोजक भट्टराईले विगतमा आफूले शुरु गरेको युवा स्वरोजगार कार्यक्रम अघि बढ्े धेरै युवालाई लाभ पुग्ने भएपनि त्यसतर्फ कसैले चासो नदेखाएको टिप्पणी गर्नुभयो । उहाँले गाउँघरमै सेवा पुर्‍याउन नसके संघीयताको औचित्य नहुने पनि बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया