सत्य निरुपणमा उजुरीको चाँङ

काठमाडौं–साउन १९ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ५३ हजारभन्दा बढी उजुरी परेका छन् । उजुरीको चाप अनुसार कर्मचारी नहुँदा छानबिनको काम अत्यन्तै सुस्त देखिएको छ । आयोगमा द्वन्द्वकालमा भएका गंम्भिर मानवअधिकार उल्लंघन सम्बन्धित घटनाबारेमा मात्रै ३ हजार भन्दा बढी उजुरी परेका छन ।

आयोगले आगामी साउन २६ गतेसम्म यससम्बन्धि उजुरी लिने म्याद राखेका कारण अहिलेको आँकडा अझै बढ्न सक्ने अनुमान छ । माओबादी बिद्रोहको अन्त्यसंगै शूरु भएको शान्तिप्रक्रियालाई सफलतापूर्वक टुङ्ग्याउन २०७१ साल माघ २७ गते मन्त्रिपरिषदको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरेको थियो ।

melmalap aayog शान्तिप्रक्रिया शूरु भएको झन्डै १ दशकपछि मात्र आयोगले आफ्नो काम थालेको थियो । आयोगले, उजूरी उपर आवश्यक छानविन गर्दै मेलमिलाप गराउने र सशस्त्र द्वन्द्वका बेला भएका गम्भिर मानव अधिकार उल्लघनका घटना बारे पीडकलाई कानूनी कारवाहीका लागि सिफारिस गर्ने प्रक्रिया थालनी गर्नेछ ।

तपाईको प्रतिक्रिया