काठमाडौंका सुकुम्वासी बस्ती डुवानमा

काठमाडौं–साउन ११ । सोमबार रातीदेखि परेको लगातार बर्षाका कारण वाग्मती नदी किनाराका सुकुम्वासी बस्ती डुवानमा परेका छन् ।

वर्षाले काठमाडौं उपत्यकामा रहेका सुकुम्बासीका ३ सय भन्दा बढी घरहरु डुबानमा परेका हुन् । काठमाडौंको टेकुको वंशिघाट, मनोहरा र बल्खुको सुन्दरीघाटमा रहेका खोला छेउका बस्ती डुवानमा परेका हुन् । बाढी घरभित्र पसेपछि सुकुम्वासी बस्ती जलमग्न भएको छ । खाद्यान्न लुगाकपडा लगायतका सामानहरुमा क्षति पुगेको छ ।

टेकुको वंशिघाट, बल्खुको सुन्दरीघाट बस्तीका सुकुम्बासीलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण बागमती नदीमा बाढी आएको छ ।

तपाईको प्रतिक्रिया