अन्जन उत्कृष्ट युवा खेलाडी, फुटबल टोली ‘टिम अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं–साउन । युवा फुटबलर अन्जन विष्ट खेलकुद पत्रकार मञ्चले प्रदान गरेको पल्सर स्पोर्टस अवार्ड अन्र्तगत उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।
anjan bistaहेटौंडाका १८ वर्षिय फुटबलर अन्जनले पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दिप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान र उसुकी नीमा घर्तीमगरलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडीको उपाधि कब्जा जमाएका हुँन । अन्जनले ५० हजार नगद सहित सम्मान पाएका छन् । नेपालले बंगबुन्धु गोल्डकपको उपाधि जित्ने क्रममा बहराइनविरुद्ध एक गोल गरेका अन्जनले दुई गोलका लागि पास मिलाएका थिए ।

नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्दा समेत अन्जन टोलीका महत्वपूर्ण सदस्य थिए । सागमा दुई गोल गरेका अन्जनले नेपाललाई यू–१९ साफ च्याम्पियनसिपको उपाधि दिलाउन समेत भुमिका खेलेका थिए यू–१९ मा उनले तीन गोल गरेका थिए ।Nepal-national-football-teamयस्तै, बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमा भएको १२औं साग फुटबलबाट स्वर्ण जितेको नेपाली फुटबल टोली ‘टिम अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ । यसअघि नेपाली क्रिकेट टिमले यस्तो सम्मान पाएको थियो । जतिबेला नेपाली क्रिकेटले ट्वान्टी ट्वान्टी बिश्वकपमा सहभागीता जनाएको थियो ।

यस्तै, स्वर्गीय ललितकृष्ण श्रेष्ठलाई मरणोपरान्त स्पेशल अवार्ड प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया