संविधानको कार्यान्वयन र भूकम्पपछिको पुननिर्माण मुख्य कार्यभार : प्रधानमन्त्री

ललितपुर–असार २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन र भुकम्पपछिको पुर्ननिर्माण सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ ।

Kp-oli11ललितपुरमा मंगलबार हर्बल औषधीय बनस्पति, मह, पानी र माछा सम्बन्धि दुईदिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन र पुर्ननिर्माण तत्कालिन कार्ययोजना भएको बताउनुभएको हो । उहाँले मुलुक आर्थिक विकास तर्फ अग्रसर भएको दाबी गर्दै सबै मिलेर समृद्धिको सपना साकार पार्नुपर्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले भौगौलिक रुपले पनि नेपाल जटिबुटीका लागि उपयुक्त भएको भन्दै यसको उपयोग गर्न आवश्यक आवश्यक रहेको बताउनुभयो । दुई दिने गोष्ठीमा नेपालसहित भारत, फिलिपिन्स् लगायतका देशबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया