सरकार फेर्ने खेलले मुलुक दुर्घटनामा फस्छ : नेतृ कोइराला

काठमाडौं–असार । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ ।

sujata-koirala.jpg2_काठमाडौंमा सोमबार भएको साक्षात्कारमा कांग्रेस नेतृ सुजाताले तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले देख्न नहुने भन्दै ओलीको विकल्प खोजे देश दुर्घटनामा फस्ने जिकिर गर्नुभएको हो । सरकार परिवर्तनको खेलबाट अस्थिरता ल्याउन खोज्नेहरु आफै संकटमा फस्ने नेतृ कोइरालाको चेतावनी थियो ।

कार्यक्रममा नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले निर्वाचन हुन नदिने, संविधान र राजनीतिक दलहरुलाई असफल बनाएर गैरदलीय व्यक्ति ल्याउने षड्यन्त्र भइरहेको भन्दै एउटै सरकारमा बसेर अर्को सरकारको कुरा गर्नु जायज नहुने बताउनुभयो । काग्रेस, एमाले र मधेसवादीसहित प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ग्यारेण्टी भए नेकपा एमाले सरकारको नेतृत्वका लागि छलफल गर्न खुल्ला रहने सचिव ज्ञवालीको धारणा थियो ।

नेकपा माओवादी केन्द्रका नेता मणि थापाले शान्ति प्रक्रियालाई टुङग्याउन नेकपा एमालेले प्रभावकारी भूमिका नखेलेको आरोप लगाउ“दै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र संविधान कार्यान्वयन गर्न विचार मिल्नेस“ग नजिक भएर सरकार गठन गर्ने स्पष्ट पार्नुभएको थियो ।

तपाईको प्रतिक्रिया