साहित्यकार रसिकको काफिया गजल संग्रहको लोर्कापण

असार । लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशिल गजलकार जितेन्द्र रसिकको गजल संग्रह ‘काफियाKafiya’ को लोकार्पण गरिएको छ ।

भक्तपुर साहित्यिक समाजले काठमाडौंमा आज गरेको कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेलले रसिकको गजलसंग्रह काफिया लोकार्पण गर्नुभएको हो । कृतिमा प्रणय, देशभक्ति र भूकम्पलगायतका विषयमा  वटा गजल समावेश छन् ।

कार्यक्रममा कवि ऋद्घिलक्ष्मी कायस्थको कवितासंग्रह ‘मौनता बोल्छ’ पनि लोकार्पण गरिएको थियो ।

तपाईको प्रतिक्रिया