मदन आश्रित टी–ट्वान्टी क्रिकेटमा नेपाल पुलिस र जनकपुर ११ विजयी

सप्तरी–असार । मदन आश्रित राष्ट्रिय टी–ट्वान्टी कप क्रिकेट प्रयोगिताअन्तर्गत आज भएका नेपाल पुलिस क्लव र जनकुपर ११ विजयी भएका छन् ।

cric saptariसप्तरीको राजविराजस्थित राजरंगशालामा भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले होराइजन क्रिकेट क्लब विराटनगरलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको होराइजनले निर्धारित ओभरमा सबै विकेटको क्षतिमा ९६ रनको योगफल खडा गरको थियो । जवाफी ब्याटिङमा पुलिस क्लबले १५ दशमलब १ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको थियो । यो खेलको म्यान अफ दि म्याच नेपाल पुलिस क्लवका अजय राजवंशी घोषित भए । आज भएको दोश्रो खेलमा जनकपुर ११ विजयी भएको छ ।

टस जितेर जनकपुर ११ ले फिल्डिङ रोजेपछि ब्याटिङमा ओर्लेको होराइजन क्लब बुटवलले १९ ओभरमा सबै विकेटको क्षतिमा १ सय ५ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा १ सय ६ रनको लक्ष्य लिएर मैदानमा उत्रेको जनकपुर ११ ले ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । यो खेलको म्यान अफ दि म्याच जनकपुर ११ का सोभाकान्त पाण्डे घोषित भए ।

राष्ट्रिय खेलकुद परिषद् तथा जिल्ला खेलकुद विकास समितिको सहयोग, क्रिकेट संघ सप्तरीको समन्वय तथा युवा संघ नेपाल राजविराज नगरकमिटिको आयोजनामा संचालित प्रतियोगिताअन्तर्गत मंगलवार पहिलो खेल हिमालयन क्रिकेट क्लब काठमाडौं र जनकपुर ११ तथा दोश्रो खेल नेपाल पुलिस क्लब र आयोजक सप्तरी ११ बीच हुनेछन् ।

तपाईको प्रतिक्रिया