आइसिटी स्टार्टअप अवार्डको अन्तिम चरणमा १० कम्पनी

जेठ ३२ । नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी स्टार्टअप अवार्ड २०१६ को अन्तिम चरणमा १० कम्पनी छानिएका छन् । पहिलो चरणमा छानिएका १५ कम्पनीहरुको प्रेजेन्टेशन र अन्तवार्तापछि जुरी टिमले उत्कृष्ट १० कम्पनी छानेको हो ।

आइसिटी स्टार्टअप अवार्ड २०१६ मा उत्कृष्ट १० मा अटाउन सफल कम्पनीहरुमा एमिनेन्स वेज, गुर्खा टेक प्रालि, आइटेक नेपाल प्रालि, कुल टेक्नो ल्याब, फुन्का टेक्नोलोजिज, सस्तो डिल प्रालि, स्मार्ट समाज, ह्वाइट स्पेस प्रालि र यल्लो नेपाल रहेका छन् ।
असार ८ गते आयोजना हुने लिभिङ विथ आइसिटीको चौथो वार्षिकोत्सवको अवसरमा उत्कृष्ट ४ कम्पनी घोषणा गरिनेछ । यसका लागि निर्णायक मण्डलका तर्फबाट प्राप्त अंकका अतिरिक्त अनलाइन र एसएमएस मतलाई समेत आधार मानिने आयोजकले जानकारी दिएको छ ।
एसएमएसबाट भोटिङ गर्न मोवाइलको म्यासेज बक्समा गई क्ष्ऋत् लेखि एक स्पेस दिएर बधबचम टाइप गरि आफुले भोट गर्ने कम्पनीको कोड नम्बरलेखि ३२२०० मा एसएमएस गर्न सकिनेछ ।

अनलाइन भोटिङका लागि
यसका लागि  award.livingwithict.com/poll  गरी आफूलाई मन परेको स्टार्टअपलाई भोट गर्न सकिन्छ । यस अवार्डका सहयोगहीहरुमा सूचना तथा सञ्चार मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, सूचना तथा प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, कम्प्युटर एशोसिएन नेपाल महासंघ, आइसिटी एशोसिएसन अफ नेपाल, उद्यमी घर, बुलगार्ड इन्टरनेट सेक्युरिटी, युवा उद्यमी स्कुल, इ सेवा, नेपाल न्युज एजेन्सी लगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया