भारत भ्रमण दुई देशको सम्बन्ध सुधारमा सदुपयोग गर्छु : उपप्रधानमन्त्री थापा

Kamal-Thapaकाठमाडौं– जेठ २८ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा सहभागि हुन भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

भारतमा रहँदा परराष्ट्र मन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुहुनेछ । नयाँदिल्ली प्रस्थान गर्नेक्रममा विमानस्थालमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले दुई दिने भारत बसाइलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्न सदुपयोग गर्ने बताउनुभएको थियो । उपप्रधानमन्त्री थापा आइतबार स्वदेश फर्कदैहुनुहुन्छ ।

तपाईको प्रतिक्रिया