सबै भूकम्प पीडित असार १० अगाबै छानोमुन : प्राधिकरण

काठमाडौं–जेठ २७ । पुनःनिर्माण प्राधिकरणले पाल तथा टहरामुनी रहेका भूकम्प पीडितलाई आगामी असार १० अगाबै छानोमुनी ल्याउने दाबी गरेको छ ।

पुनर्निर्माण अभियान दोलखाबाट सुरु
पुनर्निर्माण अभियान दोलखाबाट सुरु

प्रधानमन्त्री केपी ओलीले जेठ मसान्त भित्रमा पीडितलाई छानोमुनी ल्याउने बताएपनि प्राधिकरणले असार १० सम्ममा सवै पीडितलाई छानामुनि ल्याउने दावी गरेको हो । लालपुर्जा नभएका, राहत अनुदानका लागि कानुनी मापदण्ड नपुगेका लाई समेत समेटेर व्यवस्थापन गर्नुपदा केही कठिनाइ एको प्राधिकरणले जनाएको छ । असार १० गते भित्र प्रभावित सवै जिल्लाका पीडितलाई छानोमुनी ल्याईसक्ने दाबी गरेको प्राधिकरणले शहरी विकास मन्त्रालय, नेपाली सेना, र जिल्ला दैविक प्रकोप उद्धार कोषको समन्वयमा १ सय भन्दा बढी सामुहिक आवास निर्माण भइरहेको जानकारी दिएको छ ।

यस्तै, प्राधिकरणले पीडितलाई दिईने २ लाख अनुदान बापतको पहिलो किस्ता असार मसान्त सम्ममा वितरण गरिसक्ने भन्दै ४९ वटा वैंक तथा वित्तिय संस्थासँग सम्झौता भएर काम अघि बढेको जानकारी दिएको छ । भूकम्प पछिको पुनःनिर्माणमा वेरोजगार युवा परिचालन गर्ने तयारी भएको भन्दै प्राधिकरणले कार्यविधी निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

तपाईको प्रतिक्रिया