यहि सरकारले राष्ट्रिय सहमति कायम गर्छ : प्रधानमन्त्री ओली

Kp-oli11नेपालगञ्ज–जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास भइरहेको खुलासा गर्नुभएको छ ।
मध्यपश्चिम विश्व विद्यालय सुर्खेतको सिनेट बैठकमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले नेपालगञ्ज विमानस्थलमा पत्रकारसँग बोल्दै अहिले मुलुकको आवश्यकता राष्ट्रिय सहमतिको सरकार भएको र आफ्नै नेतृत्वमा सहमति जुट्ने बताउनुभएको हो ।

संविधान कार्यान्वयनका लागि पनि आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने गरी प्रयास सुरु गरेको भन्दै छिट्टै पुर्णता दिने दाबी गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया