यातायात व्यवसायी चक्काजामका कारण सर्वसाधारण सास्तीमा

काठमाडौं–जेठ १३ । यातायात व्यवसायीले ट्राफिक जरिवाना वृद्धि गरेको विरोधमा काठमाडौं उपत्यकामा चक्काजाम गरेका छन् । जरिवाना शूल्क वृद्धिको विरोधमा यातायत व्यवसायी र मजदुरहरुले सार्वजनिक यातायातका साधान चलाएका छैनन् । जसका कारण यात्रुले सास्ती खेप्न बाध्य भएका छन् । ट्र्राफिक जरिवाना संशोधन गर्नुपर्ने माग गदौ उपत्यकामा सवारी साधन ठप्प पारेका हुन् । संशोधित ऐनअनुसार ट्राफिक प्रहरीले गत १ जेठदेखि कार्यान्वयन गर्न थालेपछि यातायात व्यवसायी तथा मजदुरहरू आन्दोलनमा उत्रिएका हुन् । विहान ५ बजेदेखि शुरु भएको चक्काजाम बेलुका ५ बजेसम्म रहनेछ । विहानैदेखि चक्काजामलाई सफल पार्न सडकमा उत्रिएका केही व्यवसायी तथा मजदूरलाई प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ । चक्काजाम गराउदै हिडेका व्यवसायी तथा मजदुरले चावहिलमा एक स्कूल बस तोडफोड गरेका छन् भने सुकेधारमा पनि एक ट्याक्सी फुटाएका छन् ।

तपाईको प्रतिक्रिया