आइतबारबाट भेनस कप टेबल टेनिस

vlcsnap-2016-05-21-18h20m05s795काठमाडौं–जेठ ८ । भेनस कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता आइतबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहित अन्य आठ जिल्लाका खेलाडीले भाग लिने आयोजकको दाबी छ । काठमाडौं जिल्ला टेबल टेनिस सङ्घ र रोटरी क्लब अफ नागार्जुनले संयुक्त रुपमा आयोजना गर्ने उक्त प्रतियोगितामा विभागीय टोलीसहित विभिन्न जिल्लाका क्लब समेत गरी २२५ खेलाडीले भाग लिने छन् ।
प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकलतर्फ प्रथम, द्धितीय र सेमिफाइनलमा पुगेका दुई खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र ५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया