प्रधानमन्त्री र चिनियाँ सञ्चारमन्त्रीवीच भेटवार्ता

काठमाडौं–बैशाख ३१ । नेपाल भ्रमणमा रहनुभएका चीनका सञ्चारमन्त्री काई फुचाओ र प्रधानमन्त्री केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा भएको भेटवार्तामा सञ्चारमन्त्री काईले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएका सम्झौता कार्यान्वयनको विषयमा चासो राख्नुभएको छ । भेटका क्रममा संचारमन्त्री काईले गत बर्ष चैत्रमा प्रधानमन्त्रीले गरेको चीन भ्रमणका बेला दुई देशबीच भएका सम्झौता र समझ्दारीको व्यवहारमा कार्यान्वयन गर्नका लागि आफ्नो भ्रमण केन्द्रित रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराउनु भएको थियो । भेटवार्तामा प्रधानमन्त्री ओली र संचारमन्त्री काईबीच द्विपक्षीय सम्बन्ध, आपसी हित, दुई देशबीचका सञ्चार माध्यमहरूको सहकार्य र विकास तथा पत्रकारहरुको भ्रमण आदानप्रदान लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार गोपाल खनालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया