सरकार परिवर्तनको असफल कसरत

काठमाडौं–२५ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र प्रमुख सत्ता साझेदार एकीकृत माओवादी बीच विहिवार ९ बुँदे सहमति पछि नेपाली काँग्रेसको अगुवाइमा भएको सरकार परिर्वतनको कसरत असफल भएको छ । एकीकृत नेकपा माओवादी सरकारलाइ दिएको सर्मथन फिर्ता लिने औपचारीक निर्णयमा २४ घण्टा पनि टिक्न नसकेपछि वर्तमान सरकार विस्थापित गर्ने कांग्रेसको योजना तसपहएको हो । एमाओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्दै विज्ञप्ती जारी गरेको  २४ घण्टा वित्न नपाउदै सकारको नेतृत्व गरिरहेको एमालेसंग नौ बुदे सहमति गर्न पुगेको थियो । माओवादी र सरकारको नेतृत्वकर्ता एमालेबीच ९ बुंदे सहमतिपछि बजेटसम्म ओली नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ । दुई दलको शीर्ष तहमा भएको लिखित सहमति अनुसार द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै समाधान गर्ने, सरकार सञ्चालन आपसी समझदारीमा सञ्चालन गर्ने लिखित र बजेटपछि एकीकृत माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार गठन गर्ने भद्र सहमति भएको छ । काँग्रेसले प्रि– बजेटमा छलफल नगरि बजेट आउन नदिने भनिरहदा काग्रेस यसमा पनि असफल ठहरिएको छ । सत्ता समिकरण नछुटेपछि कांग्रेसले भने सरकार संविधान कार्यान्वयन, जनतालाई राहत र मधेशको समस्या समाधानमा असफल भएको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया