अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा लामालाई स्वर्ण

काठमाडौं–बैशाख १४ । २५औं हिराल्डोकाई अन्तर्राष्ट्रिय सोवकान कराते च्याम्पियनसिपमा नेपालका साग स्वर्ण पदकधारी सुनिल लामाले स्वर्ण पदक हात पारेका छन् । 13090565_10208659744429554_254858062_n

प्रतियोगितामा व्यक्तिगत खुला तौलको कुमिते मा नेपालको सुनिल लामाले आफनो पतिद्धन्दी पहिलो चरणमा मोनटोया लाई ९–३ , दोश्रो चरणमा मोहमद सलेम लाई १०–३ ,तेश्रो चरणमा डारडन सिका लाई ७–० र अन्तिम चरणमा बर्नार्ड कोलोनल लाई ९–४ ले पछाडी पार्दै स्वर्ण पदक जित्न सफल भएका हुन ।13101353_10208659731069220_420476339_n इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्ययोर्कका १३ बर्षिय डेचेन पेमाले व्यक्तिगत कातामा स्वर्ण र कुमितेमा रजत, १३ बर्षिय सहैला इस्लामले व्यक्तिगत कातामा रजत र कुमितेमा स्वर्ण पदक, १३ बर्षिय सहैला इस्लामाले व्यक्तिगत काता तथा कुमिते दुवैमा रजत पदक, १४ बर्षिय महमद इलवौनीनीले व्यक्तिगत कुमितेमा काश्यपदकर ७ बर्षिय रोहित खडकाले व्यक्तिगत काता मा रजत पदक जित हात पारेका थिए । 13054927_10208659731509231_801511005_o
हिराल्डोकाई सोवकान कराते डोको आयोजनामा अप्रिल २४ तारिख आईतवार न्यूयोर्कको क्विन्स स्थित इलमकोर सेन्टरमा सम्पन्न च्याम्पियनसिपमा नेपालका साग पदक विजेता सुनिल लामा सहित इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्ययोर्कका ९ जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

च्याम्पियनसिपमा न्यूयोर्क राज्यको अलावा क्यानाडा, डमिनीकन रीपब्लीक, भेनेजयला, पानामा र हईटी गरी ३५० भन्दा वढी खेलाडीहरुको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया