‘संघीय गठबन्धन’ले आन्दोलन घोषणा गर्दै

काठमाडौं–वैशाख १०  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्मिलित २७ दलीय ‘संघीय गठबन्धन’ ले आजबाट आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

मोर्चाका नेताहरु केही दिन देखि आन्दोलनको तयारीमा लागेका थिए । विहीबार मात्रैपनि मोर्चाका नेताहरुले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरुसँग छलफल गरेका थिए । कूटनीतिज्ञसड्डगको छलफल र राय अनुसार नै आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको मोर्चाले जनाएको छ ।
मधेसी मोर्चाले सरकारलाई आफ्ना मागहरु सम्वोधन गर्न भन्दै चैत मसान्तसम्मको अल्टिमेटम दिएपनि पुरा भएको छैन । यसर्थ,मोर्चाले केही जनजाति पार्टीहरुलाई समेत समेटेर २७ दलीय मोर्चा बनाई देश ब्यापी आन्दोलनको तयारी गरेको बताइएकोा छ ।

मोर्चाले आन्दोलनको तयारी गरिरहँदा सरकार भने आन्दोलनको धम्कि बन्द गर्न आह्वान गर्दै वार्ता र संवादमा आउन भनिरहेको छ।

तपाईको प्रतिक्रिया