एनसेलले सरकारलाई कर नतिर्ने

indexकाठमाडौं, बैशाख १० । एनसेल सरकारलाई कर नर्तिने बताएको छ । ठूला करदाता कार्यालयलाई ८० प्रतिशत शेयर हस्तान्तरणबारे जानकारी नभएको भन्दै एनसेल कर नतिर्ने बताएको हो । बुधबार ठूला करदाताको कार्यालयलाई पत्र लेख्दै एनसेलले ८० प्रतिशत कारोबारमा पूँजीगत लाभ कर नतिर्ने बताएको हो । नेपाली लगानीकर्ताको २० र अफसोर कारोबारको ८० प्रतिशत शेयर हस्तान्तरणको समाचार सार्वजनिक भएपछि गत साता ठूला करदाता कार्यालयले एनसेल खरिदबिक्रीबारे कम्पनीसंग विवरण माग गरेको थियो । तर कम्पनीले ८० प्रतिशत शेयर हस्तान्तरणबारे जानकारी नभएको विवरण पेश गर्दै पूँजीगत लाभकर नतिर्ने भन्दै पत्राचार गरेको बताइएको छ । एनसेलको उक्त पत्रसंगै ८० प्रतिशत शेयर हस्तान्तरणको पूँजीगत लाभकर उन्मुक्तिको जोखिम पनि  बढेको छ ।

तपाईको प्रतिक्रिया