पासाङ ल्हामु प्रतिष्ठा दिवस मनाइयो

काठमाडौं, बैशाख १० । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको स्मृतिमा आज २३ औं पासाङ प्रतिष्ठा दिवस मनाइएको छ । पासाङ ल्हामुको शालिक चावहिलमा एक कार्यक्रमको आयोजना गरि २३औं पासाङ ल्हामु प्रतिष्ठा दिवश मनाइएको हो । दिवशको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पासाङ ल्हामुको शालिकमा माल्यापर्ण गर्नु भएको थियो । दिवशकै अवसरमा पासाङ् ल्हामु प्रतिष्ठानले आठ हजार भन्दा अग्ला हिमालहरुको आरोहण गर्ने विदेशी आरोहीहरुलाई सम्मान। वि.स.२०५० साल बैशाख १० गते अर्थात आजकै दिन प्रथम नेपाली सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएको थियो । सफल आरोहण गरेर फर्किने क्रममा शेर्पाको निधन भएको थियो । पासाङ ल्हामुको स्मृतिमा हरेक वर्ष बैशाख १० गते पासाङ ल्हामु प्रतिष्ठा दिवश मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया