साझाले भदौ पहिलो साता ३० बस ल्याउने

काठमाडौंं– बैशाख ८ ।  बैशाखसाझा यातायातले भदौको पहिलो साताबाट थप ३० ल्याउने भएको छ । अपांगमैत्री बस ल्याउन साझा सहकारी लिमिटेड र भारतीय अशोक लेल्यान्ड कम्पनीबीच गत चैत ११ मा सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार प्रतितपत्र (एलसी) जारी गरेको १ सय २० दिनभित्र बस ल्याउने भनिएको छ । कम्पनीले वैशाख ७ (मंगलबार) मा एलसी जारी गरेपछि अबको १ सय २० दिन अर्थात् भदौ ७ मा काठमाडौंमा युरोपेली स्टयान्डर्डका आकर्षक र ठूला सहरी बस आउने पक्का भएको हो । साझ यातयाताले २०७० वैशाख १ बाट राजधानीका ३ रूटमा बस सञ्चालन गर्दै आइरहेको छ । थप ३० बसका लागि महानगरपालिकाले १० करोड रुपैयाँ सेयर हालेको छ । खर्चको हिसाबमा सबैभन्दा बढी महानगरको ८६ दशमलव ५८ प्रतिशत सेयर हुनेछ ।

तपाईको प्रतिक्रिया