आन्दोलनका नाममा आराजकतालाई छुट हुन्न:मन्त्री बस्नेत

विराटनगर–चैत २९ चैत । गृहमन्त्री शक्ति बस्नेतले लोकतान्त्रिक विधि र प्रक्रिया मिचेर जनजीवन प्रभावित गर्नेगरि आन्दोलन गरे सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताउँनुभएको छ । sakti
विराटनगरमा सोमबार सञ्चारकर्मीसँगको बोल्दै मन्त्री बस्नेतले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारको सम्मान सरकारले गर्ने भन्दै आन्दोलनको नाममा अराजक गतिविधी गर्ने बिरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताउँनुभएको हो । मधेसी मोर्चाको आगामी आन्दोलनतर्फ लक्षित गर्दै मन्त्री बस्नेतले शान्ति सुरक्षा र जनधनको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको भन्दै अब आन्दोलनका नाममा जनजीवन प्रभावित हुन नदिने बताउँनुभयो ।
संविधान संसोधन प्रक्रियाबाट मधेसका जायज माग सम्वोधन भइसकेको दाबी गर्दै मन्त्री बस्नेतले थप राजनीतिक विमत्ति भए राजनीतिक तवरबाट समाधान गर्नुपर्ने बताउँनुभयो । केही दिन भित्रै आपूर्ति व्यवस्था सहज हुने दाबी गर्नुभएका मन्त्री बस्नेतले अब खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थका लागि जनताले कहिल्यौ लाइनमा बस्न नपर्ने बताउनुभएको थियो ।
एमाओवादी नेतासमेत रहेका मन्त्री बस्नेतले नेपाली कांग्रेससहितको सहमतिय सरकार गठनको प्रयास जारी रहेको बताउनुभयो । यो सरकारको बिकल्प तत्काल खोज्न नहुने भन्दै मन्त्री बस्नेतले सरकार फेर्ने र सरकारलाई असहयोग गर्ने खेलमा नलाग्न कांग्रेसलाई सुझाब दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया