राष्ट्रिय स्वतन्त्र पार्टीले छाड्यो सरकार

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडको छ । नागरिकता विवादमा सांसद र मन्त्री पद गएपछि उत्पन तनावले रास्वपाले सरकार छाडेको हो । सर्वोच्च अदालतको फैसाला पछि लामिछानेले विधिवत रूपमा नागरिकता प्राप्त गरी पुनः आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष प्रस्ताव गर्नुभएको थियो ।

तर प्रधानमन्त्रीले उक्त प्रस्ताव स्वीकार नगरेपछि रास्वपाले सरकार छाडेको हो । सरकार छाडेपनि सरकारलाई दिएको समर्थन भने रास्वापाले यथावत राखेको छ ।

तपाईको प्रतिक्रिया