नेपाल बारको एशोसिएसनको चुनाव हुँदै

काठमाडौं–चैत,२० । आज कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनको नयाँ नेतृत्व चयनको लागि मतदान भईरहेको छ । देशभरबाट करिब नौ हजार मतदाता सहभागी हुने चुनावमा काठमाडौ सहित अन्य जिल्लाका बुथहरूमा मतदान भएको जारी रहेको हो । चुनावमा लोकतान्त्रिक समुहबाट अध्यक्ष शेरबहादुर केसी र प्रगतिशील समुहबाट विजयकान्त मैनालीको नेतृत्वमा प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन् । मतदान आज दिउँसो ४ बजेसम्म चल्नेछ । पदाधिकारीसहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेद्वारी परेको छ ।

तपाईको प्रतिक्रिया