राष्ट्रिय सकारको खाँचो छ : नेपाल

काठमाडौं–चैत १२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा एयरलायन्स मजदुर युनियन एयरपोर्ट इलाका कमिटीको चौंथो अधिवेशनमा आज नेता नेपालले संविधानको कार्यान्वयन र मुलुकको विद्यमान समस्या समाधानका लागि नेपाली कांग्रेससहितको राष्ट्रिय सरकार आवश्यक रहेको बताउनुभएको हो । उहाँले कांग्रेसको १३ औं महाधिवेशनबाट चुनिएको नयाँ नेतृत्व तत्काल सरकार गिराउने खेलमा नलाग्ने पनि विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया