बार्सिलोना युरोपियन च्याम्पियन्स लिगकने क्वार्टरफाइनलमा

चैत,४ । साविक विजेता बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदान नाउ क्याम्पमा भएको लिगको दोस्रो लेग खेलमा इंलिस क्लब आर्सनललाई बार्सिलोनाले तीन–एक गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाले पहिलो लेग दुई–शून्यले जितेको थियो । पहिलो र दोस्रो लेग गरी समग्रमा आर्सनललाई ५–एक गोलअन्तरले पराजित गर्दै बार्सिलोना क्वार्टर फाइनलमा प्रवेश गरेको हो । बार्सिलोनालाई जित दिलाउनका लागि स्टार खेलाडी नेयमार, लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरेका थिए । खेलको १८औं मिनेटमा गोल नेयमारले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक–शून्य गोलअन्तरले पछि परेको आर्सनलले खेलको ५१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍याएको थियो ।

तपाईको प्रतिक्रिया