चैत्र १४, काठमाण्डौ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ सय ३९ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ४ हजार १ सय नमुना पिसिआर परिक्षणबाट २ सय ९८ र १ हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा जनामा कोरोना संक्रमित पुष्टी भएको छ।
उपत्यकामा मात्र १६३ जनामा संक्रमण पुष्टी भएको छ जसमा काठमाडौँमा १३२, भक्तपुर ५ र ललितपुरमा २६ जना रहेका छन् ।
नेपालमा अहिले सक्रिय संक्रमितको सङ्ख्या २ हजार २ सय १ जना रहेका छन् ।