सार्कको ३७ औं मन्त्रीस्तरीय बैठक आजबाट शुरू

कास्की–चैत, ४ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको ३७ औं मन्त्रीस्तरीय बैठक आजबाट पोखरामा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री ओलीले गरिबी र पछ्यौटेपन दक्षिण एसियाली मुलुकको साझा शत्रु भएको भन्दै सार्क राष्ट्रलाई  एकताको सुत्रमा बाँध्न क्रियाशील रहनुपर्ने बताउनुभयो । बैठकमा मन्त्री थापा, भारतका विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मौमुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसल मोहम्मद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनुहुन्छ । यसअघि बुधबार भएको सार्क स्थायी समिति बैठकले मन्त्रीस्तरीय बैठकमा प्रस्तुत गरिने कार्यसूची निर्धारण गरेको थियो । स्थायी समितिले सार्कको शिखर सम्मेलन प्रत्येक दुई वर्षमा नोभेम्बरमा आयोजना गर्ने प्रस्ताव गरेको छ भने १९ औं शिखर सम्मेलन आगामी नोभेम्बरमा पाकिस्तानमा गर्ने प्रस्ताव भएको छ ।

तपाईको प्रतिक्रिया